2026-09-22 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेभान्तेमाथी बार्सिलोनाको रोमाञ्चक जित

चैत्र २८, काठमाडौं | रोमान्चक खेलमा लेभान्तेलाई ३-२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १-० ले पछि परेको स्थितिमा खेल उल्टाउदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । 

बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्तेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक एक गोल गरे ।

लेभान्तेले दुबै गोल पेनाल्टीमा गरेको थियो ।  रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।

जितसंगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउदै दोस्रो स्थानमा उक्लिएको छ  । समान अंक भएपनी एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्यो ।  

७२ अंकको रियम मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो