३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

२९ चैत्र २०७८, मंगलवार ०८:५६

चैत्र २९, काठमाडौं | चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ । पहिलो चरणका खेल चितवनमा चलिरहेको छ । जसमा एक चरणका बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार)समाप्त हुँदै छन् । 

दोस्रो चरणका खेलहरू विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ । पहिलो चरणमा कुल २८ खेल हुनेछन् । जसमा २४ खेल समाप्त भइसकेको छ । 

हालसम्म २४ खेल पुरा हुँदा एक सय १० गोल भएका छन् । लिगको सयौँ गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी मन्जली कुमारी योञ्जन बनिन् । मन्जलीले धनगढी उपमहानगरपालिकाविरुद्ध २५औँ मिनेटमा गोल गर्दै जारी लिगको सतक गोल गरेकी हुन् । 

यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि कुमारी घिसिङले गरेकी थिइन । लिगको ५०औँ गोल एपीएफकै सावित्रा भण्डारी (साम्बा)ले पूरा गरेकी हुन् । उनले चन्द्रपुरविरुद्ध ह्याट्रिक गर्ने क्रममा लिगको ५०औँ गोल गरेकी थिइन् । 

जारी लिगमा उच्च गोलकर्ताको शीर्षस्थानमा एपीएफकै सावित्रा भण्डारी (साम्बा) रहेकी छिन् । उनले पाँच खेलमा १३ गोल गरेकी छिन् । जसमा तीन ह्याट्रिक रहेको छ । 

चोटका कारण एक वर्षपछि मैदानमा पुनरागमन गरेकी साम्बाले वालिङ नगरपालिका र धनगढीविरुद्ध समान चार गोल गर्दा चन्द्रपुरविरुद्ध तीन गोल गरेकी छिन् । यस्तै, नेपाल पुलिस र ललितपुर महानगरपालिकाविरुद्ध समान एक गोल गरेकी छिन् । 

उच्च गोलकर्ताको दौडमा आर्मीकी रश्मिकुमारी घिसिङ सात गोल, धनगढीकी चन्द्रा भण्डारी ६ गोल, शर्मिला थापा मगर पाँच गोल र मन्जलीकुमारी योञ्जन चार गोल गरी क्रमशः एकदेखि पाँचौ स्थानमा छन् । 

तीन गोल गर्ने खेलाडीमा आठ जना छन् भने १२ खेलाडीले दुई गोल गरेका छन् । एक गोल गर्ने २६ खेलाडी छन् भने एक खेलाडीले आत्माघाति गोल गरेकी छिन् । 

जारी लिगमा ६ खेल खेलेको एपीएफले सतप्रतिशत जितका साथ १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको तीन जित र एक हार सहित १५ अंक बनाएर दोस्रो स्थानमा छ । 

तेस्रो स्थानमा रहेको आर्मीको समान ६ खेलबाट चार जित र दुई हारसहित १२ अंक छ । विराटनगर चौँथो स्थानमा रहँदा धनगढी पाँचौँ स्थानमा छ । चन्द्रपुर छैँटौँ स्थानमा रहँदा ललितपुर सातौँ र वालिङ विनाअंक पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट