१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्ततः वर्षको अन्तिम दिन सेयर बजार हरियोमा बन्द

३० चैत्र २०७८, बुधबार १०:३९

चैत्र ३०, काठमाडौं | वर्ष २०७८ काे अन्तिम कारोबारको दिन  शुक्रबार नेप्से  ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रबार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ  ।

यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसियाली दिएको छ । बुधबारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् । 

कारोबारको रकम भनि मंगलबारको तुलनामा भन्दा पनि कमि आएको छ । शुक्रबार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।

अत्याधिक बढ्नेमध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्राे इन्डेक्स २ दशमलव १४ प्रतिशत  र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । सधै जसो  शुक्रबार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत  बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ । यसैगरी अत्याधिक बढ्नेमध्ये आर यम डिशी लघुवित्त ८ दशमलव‍ ९८ प्रतिशतले  बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९  प्रतिशतले बढ्दा  १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००,  स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा  र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बड्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

यसैगरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ शारथी लघुवित्त १९ अंक घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्याघिक कारोबार हुनेमधेय शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल