Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पुम्दीकोट विकासका लागि भोलिदेखि महायज्ञ, ६ करोड उठाउने लक्ष्य

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३, पोखरा | पोखराको पुम्दीकोट क्षेत्रको विकासका लागि भोलिदेखि महायज्ञ गर्न लागिएको छ । पोखरा–२२ स्थित पुम्दीकोटमा आइतबारदेखि १२ बैशाखसम्म महायज्ञ हुन लागेको हो ।

पुम्दीकोटमा महादेवको मुर्ति निर्माण परियोजना अन्तर्गत बाँकी रहेका योजना पूरा गर्न दोश्रो पटक महायज्ञ गर्न लागिएको हो ।

निर्माण कमिटीसँग अहिले करिक चार करोड ऋण छ । उक्त ऋण तिर्ने र बाँकी काम पूरा गर्न फेरि महायज्ञ आयोजना गरेको अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म, विद्युतीय कार निर्माण गर्ने, हरियाली पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङस्थल बनाउने लगायत योजना छ ।

४० करोडको उक्त परियोजना अन्तर्गत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो डम्मरु, कुण्ड, एक सय आठ स्वर्गद्धारी सिँढी निर्माण भैसकेको छ ।

यस्तै, एक सय आठ धारा, दुई  सय १६ शिवलिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्री कक्षलगायत संरचना पनि बनिसकेको छ ।

हालसम्म २० करोड भन्दा बढीको काम सकिएको र अझै २० करोडको काम बाँकी रहेको निर्माण समितिले जनाएको छ । महायज्ञबाट ६ करोड उठाउने लक्ष्य छ ।