२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल: दिल्लीलाई पराजित गर्दै बेंगलोर तेस्रो स्थानमा उक्लियो, यस्तो छ अंकतालिका

२०७९, ४ बैशाख आईतवार ००:०८

वैशाख ४, काठमाडौँ । एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको छ । योसँगै बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

१ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन मात्र बनाएपछि बेंगलोरले २ अंक जोड्दै आइपीएलको अंक तालिकामा तेश्रो स्थानमा उक्लिएको हो । दिल्लीका ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६६ रन बनाए । 


दिल्लीलाई अन्तिम ३० बलमा ७५ रन चाहिँएको अवस्थामा शिराजको बलमा पन्त १७ औं ओभरको तेस्रो बलमा विराट कोहलीले एक हातले उत्कृष्ट क्याच लिएपछि दिल्लीको जितको सम्भावना कठिन बनेको थियो ।

दिल्लीका कप्तान रिसभ पन्तले १७ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बेंगलोरका विकेटकिपर दीनेश कार्तिक ३४ बलमा ५ चौका र ५ छक्कासहित ६६ रनको उत्कृष्ट अविजित इनिङ खेले ।

बेंगलोरको लागि ग्लेन म्याक्सवेलले ३४ बलमा ७ चौका र २ छक्कासहित ५५ रन बनाए । शहबाज अहमद २१ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि शहबाज र दीनेशले ५२ बलमा ९७ रनको अविजित साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् ।



दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले १-१ विकेट लिए । 

दिल्लीले अब बुधबार पन्जाब किंग्ससँग खेल्नेछ । बेंगलोरले मंगलबार लखनऊ सुपर जायन्ट्सँग खेल्नेछ । 

आज आइपीएल अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किंग्स तथा दोस्रो खेलमा गुजरात टइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिष्पर्धा हुनेछ ।

यस्तो छ अंक तालिका

गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक सहित नेटरनरेटको आधारमा शीर्ष स्थानमा छ । त्यस्तै लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । 

राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । त्यस्तै पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा छ ।

हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । त्यस्तै चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई भने ६ खेलमा जित बिहीन हुँदै सबैभन्दा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ