१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने ३ जना पक्राउ, ६६ करोडको कारोबार

५ बैशाख २०७९, सोमबार १३:४३

वैशाख ५, काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकी क्षेत्रबाट क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका १ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र काठमाडौंको बाफलका २७ वर्षीय राहुल चचान रहेका छन् । 

अनुसन्धानको क्रममा उनीहरुले अहिलेसम्म ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अनुपले सन् २०२१ को मे देखि हालसम्म विभिन्न २० वटा क्रिप्टोकरेन्सीबाट ३५ करोड ४६ लाख ८३ हजार ६११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनको बिनान्स एकाउण्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको ०.३१७३६९१९ बिट क्वाईन मौज्दात रहेको देखिएको छ । 


त्यस्तै राहुलले करिब एक वर्ष अघिदेखि हालसम्म ६ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ । उनीसँग हाल बिनान्स एकाउन्टमा ६५१ अमेरिकी डलर बिट क्वाइन मौज्दात रहेको देखिएको छ । 

उनीहरुले दैनिक पाँच हजारदेखि ५० हजार सम्म यूएसडीटी को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु वानएक्स बेट, हाइपर फण्ड लगायत अनलाइन प्लेटफर्महरुमा लगानी गर्ने गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

साथै व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेका थिए । अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचानन गोप्य राखी अन्य सयौं व्यक्तिहरुको प्रयोगगरी तिनका नाममा बैंक खाता र बिनान्स एकाउण्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो व्यापार गर्न प्रोत्साहित गर्ने गरेको देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन