२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भर्जिनियामा नेपाली लोकप्रिय कलाकार कुन्ती देखि प्रकाशका बेजोड प्रस्तुति

१२ बैशाख २०७९, सोमबार ०८:२८

वैशाख १२, काठमाडाैं | नेपाली अमेरिकन सामुदायिक केन्द्र- न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । एकै मञ्चमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरू चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रकाश सपुत तथा सबैका मन पर्ने गायक किरण गजमेरको बेजोड प्रस्तुतिको कारण दर्शकहरू खुसीले गद्गद र प्रफुल्ल हुँदै नाचेका थिए । लामो समय पछि भर्जिनियामा आयोजना भएको साङ्गीतिक कार्यक्रममा दर्शकहरूले कलाकारहरूको प्रस्तुतिमा साथ दिएका थिए ।

कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायहरू तीन पुस्ताहरु पनि संगै कार्यक्रम हेर्न र कलाकारहरुलाई हौशला प्रदान गर्न आएका थिए । कैयौ दर्शकहरू पुरै टिकट बिक्रि भएको कारण फर्कनु समेत परेको थियो । गायिका कुन्ती मोक्तानले आफ्ना दर्शकहरुलाई मन पर्ने उनका कालजयी गीतहरू माथि माथि सैलुंगेमा लगायत गीतहरू प्रस्तुत गरेकी थिइन् भने उनका पति शिला बहादुर मोक्तान तथा उनलाई सम्मान गरिएको थियो ।अन्जु पन्तले पनि आफ्ना केही चर्चित गीत गाउँदै आफू मञ्चमै झुम्दा दर्शकहरूले साथ दिएका थिए । उनले सुर्के थैली लगायत केही गीतहरू प्रस्तुति गरेकी थिइन् । त्यस्तै गरी भ्वाईस अफ नेपाल–३ का विजेता युवा गायक किरण गजमेरले अझ माहौल तताएका थिए । 

कार्यक्रमका मुख्य आकर्षण मध्ये कै चर्चित कलाकार प्रकाश सपुत मञ्चमा आउँदा अझ दर्शकहरू औधी रमाएका थिए । उनले पनि आफ्ना ज्यादै चलेका गीतहरू पस्केका थिए भने उनले गीत गाउँदासँगै दर्शक झुमेका थिए । समयको अभावको कारण धेरै गीतहरू प्रस्तुति गर्न नपाएता पनि उनले दर्शकलाई बेजोड नचाएका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री प्रमुख अतिथि रहेका थिए भने मञ्चमा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले छोटो बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य