2026-10-12 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः ३२ देशबाहेक सबैमा घाटा, कुन कुन हुन्?

वैशाख १३, काठमाडौं | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १६२ देशसँग रहेको छ । 

वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय नेपालीले नामै नसुनेका देशहरु रहेका छन् । 

भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, सेन्ट हेलेना, घाना, सेनेगल, आइसल्याण्ड, बर्मुडा, कंगो, मौरीटनिया, माइक्रोनेसिया, सियरा लियोन, जमैका, फिजी, अजरवैजान, मौरिसस्, क्रोएसिया र माल्दिभ्ससँग नेपालको व्यापार नाफामा रहेको छ ।

यस्तै जर्जिया, ट्रिनिडाड एण्ड टोबागो, माल्टा, जाम्बीया, अर्मेनिया, यमन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, न्यु क्यालेडोनिया, गुयना, नाइजर, अल्जेरिया, डेनमार्क र कम्बोडियासँग पनि नेपालका वैदेशिक व्यापार नाफा रहेको विभागले जनाएको छ । 

नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अर्जेन्टिना, अमेरिका, युक्रेन, अष्ट्रेलिया, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्याण्ड, क्यानडा, दक्षिण कोरिया, भियतनाम, स्वीट्जरल्याण्ड, टर्की, साउदी अरेविया, पराग्वे, सिंगापुर, रुस र दक्षिण अफ्रिका रहेका छन् । 

जापान, नेदरल्याण्ड्स, फ्रान्स, ताइवान इजिप्ट, हङकङ, कतार, म्यानमार, जर्मनी, बेलायत, मोजाम्बीक, बेल्जियम, इटाली, पोल्याण्ड, इजरायल, न्युजल्याण्ड, चेक रिपब्लिक, बहराइन, भुटान, फिलिपिन्स, स्पेन, लिथुवानिया, आयरल्याण्ड, पाकिस्तान, श्रीलंका, मेक्सिकोसँग पनि नेपालको व्यापार घाटामा रहेको छ । 

यस्तै, कुवेत, अष्ट्रिया, स्लोभाकिया, तान्जानिया, ग्वाटेमाला, माल्डोभा, भेनेजुयला, ओमान, स्वीडेन, नर्वे, हंगेरी, फिनल्याण्ड, मलावी, चिली, नाइजेरिया, गाबोन, सुडान, युगाण्डा, केन्या, बुल्गेरिया, सर्विया, पोर्चुगल, लेबनान, रोमानिया, ग्रिस, मंगोलिया, लाइबेरिया, कजाकास्तान, कोस्टारिका, जोर्डन, स्लोभेनिया, स्वाजील्याण्ड, नामिबिया, लाटभिया, पेरु लगायतका देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ । 

पछिल्लो नौ महिनामा नेपालको कूल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँको रहेको छ । सो अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेको छ । 

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालल मात्र १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु