६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल उडान, आजदेखि आन्तरिक उडान १८ घण्टा (फाेटाेफिचर)

१५ बैशाख २०७९, बिहीबार १६:२७

मोहम्मद हबिब | वैशाख १५, भैरहवा । परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलता पूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो । 


विमान स्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाल लगाएतको उपस्थितिमा परीक्षण गरिएको हो ।  


निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलले मनतव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौंबाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए । 'यो परिक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौं', उनले भने । ६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ । 


विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चापला घट्ने र काठमाडौंको विकल्प बनेको विमान स्थलका महानिर्देशक अधिकारीले बताए ।  काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए। 

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ' उनले भने ।  


आन्तरिक उडानमा ढिलाई हुँदा आजबाट आन्तरिक भैरहवा सहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौं सहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा संचालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।

पर्यटन सचिव महेश्वर न्यौपानेले  सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए ।  

परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो  । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समय पछि एप्रोनतर्फ ल्याइएको थियो । 

]


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश