विजय थापा/भदौ १५, वाशिंगटन डिसी l "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/भदौ १५, वाशिंगटन डिसी l "/>

2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न


विजय थापा/भदौ १५, वाशिंगटन डिसी l महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा  बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ l 

अमेरिका नेपाल सहयोगी समाजको एक परियोजना अमेरिका नेपाल शिक्षा सदन ,डिसी नेपाली समाज लगायत  डिसी वरपरका संघ /संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको २०७३ को तीज अनुमान गरे भन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो l 

स्वयम् सेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई मिठा मिठा भोजन खुवाईएको थियो l यता नाचगान चलि रहको थियो भने उता भान्सामा बोराका बोरा चामलको तयारी गरि रहेको दृश्य देखिन्थ्यो l भोजन गृहमा  स्थान नअटेर बाहिर सवारी साधन राख्ने ठाउँमा खुवाउनु परेको थियो l 

डिसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना काल देखि नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ l 

बिगत बर्ष भन्दा यस पटक खचाखच भिड भएको कारण आधा भन्दा ज्यादा महिला,पुरुष तथा बालबालिकाहरु उभिएका थिए l  कार्यक्रममा बस्नको लागि राखिएका कुर्सिहरु समेत हटाउनु परेको थियो l बिगत बर्ष भन्दा यस पटकको तिजमा अमेरिकामा जन्मेका र यहि हुर्केका दोश्रो पुस्ताका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए l 

उक्त कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे । 

 यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए l महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति गरेका थिए l

कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने अधिकांशले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको सामुदायिक भवन बनाउन अपरिहार्यता भएको आयोजकले बताएका छन l  तिज कार्यक्रमलाई अझ व्यवस्थित बनाउन समुदाय गम्भीर हुनु पर्ने अवस्था देखिएकोले यस पटकको मानव सागर झैँ उर्लेको अवस्थालाई हेर्दा आगामी बर्षलाई अहिले देखि नै योजना बनाउनु पर्ने भएको आयोजकले बताए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो