१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय ओभरलोड गाडी निर्वाध रुपमा चल्दा नेपाली यातायात व्यवसायी मर्कामा

१७ बैशाख २०७९, शनिबार ०१:३६

वैशाख १७, भैरहवा | भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका छन ।

सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको  विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम  उपाध्यक्ष सुनिलराज विष्टले बताए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन ।  

ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बनियाले बताए । ‘हाम्रो अवस्था दयनीय भएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको अवस्था छ, लाखौ मुल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैन',  बानियाले भने । 

जुनसुकै देशको सवारीसाधान नेपाल आए त्यहँको कानुनलाई मान्नु पर्ने भएपनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा  नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातयात व्यवसयीका उपाध्यक्ष गुप्त बहादुर केसीले भने । 

ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले भने । 

शुक्रबार संयुक्र रुपमा गरिएको चेकजाँचले २२ वटा गाडीले ओभरलोड बोकेको पाइएको छ । 


मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नविकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्नेलगायतका व्यवस्था रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी