Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न


विजय थापा | भदौ १६, डिसी | धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l 

समाजका पुर्व अध्यक्ष बिमल आचार्यले तीज कार्यक्रम बिगत बर्षमा सुरुवात गरेका थिए भने यसलाई अहिलेका बर्तमान अध्यक्ष आरके धमलाले निरन्तरता दिएका छन् l र २०७३ को तिजलाई भव्यताका साथ मनाउन समाजका क्रियाशील पदाधिकारी सुमन मानन्धरको बिशेष पहलमा तिज सफलता पुर्वक मनाइएको छ l

तीज कार्यक्रममा नाचगान ,पुरस्कार ,र दोश्रो पुस्ताका बालिकाहरुले समेत नृत्य प्रस्तुति गरेका थिए l यसै गरि धरान घर भै हाल भर्जिनियाको हर्नडनमा बस्दै आउनु भएकी अत्तर क्षेत्रीले  तिजको कबिता बाचन गर्नु भएको थियो l अत्तर क्षेत्री अमेरिकामा बसोबास गरेता पनि बिगत केहि बर्ष देखि संबिधान धेरै पटक बन्न नसके पछि व्यंगात्मक कविता नेताहरुलाई बचन गरि सक्नु भएको छ l 

कार्यक्रममा समाजका शुभ चिन्तक ,हितैसी ,समाजका पदाधिकारी ,डिसी महानगर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा दोश्रो पुस्ताका बालबालिकाले समेत तिज पर्वमा सहभागी भै नाचगान गरेका थिए l 

तिज कार्यक्रममा हाल डिसी बसोबास गर्नु हुने प्रख्यात गायक मधु क्षेत्रीको उपस्थिति रहेको थियो भने आयोजकको अनुरोधमा वहाको प्रशिद्ध गीत फुलै फूल मात्र पनि हैन रहेछ जीवन भन्ने गीत प्रस्तुत गरेका थिए l 

तीजको लागि सहभागीहरुले आफैले घरमा बनाएर मिठा मिठा परिकारका खाने कुरा खुवाइएको थियो l नाचगान ,मनोरंजन गर्दै कार्यक्रममा खाने कुरा बनाउने हरुलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था पनि गरिएको थियो l कार्यक्रम हर्न डन को एक उद्यानमा आयोजना गरिएको थियो भने कार्यक्रम दिउसो देखि साँझ सम्म चलेको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो