२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

२०७९, २० बैशाख मंगलवार ०५:१९

वैशाख २०, काठमाडाैं | नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ४८ पैसा र बिक्री दर १२९ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५२ पैसा र बिक्री दर १५४ रुपैयाँ २७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ पाँच पैसा र बिक्री दर १२६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ पाँच पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ६९ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक