१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा तरंग

२० बैशाख २०७९, मंगलवार १०:५८

वैशाख २०, काठमाडाैं | भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्चाको विषय बनाएका छन्।  

साथीको विहेमा सहभागी हुन सोमबार साँझ काठमाडौं ओर्लिएका राहुल राति ठमेलस्थित एलओडी नाइटक्लब पुगेका थिए। उनी नाइट क्लब गएको भिडियो बाहिरिएसँगै भारतीय राजनीति तरंगित बनेको हो। भारतीय सञ्चारमाध्यमले पनि राहुलको डिस्को मनोरञ्जनलाई प्राथमिकता दिएका छन्।

देशभित्रै आन्तरिक संकटका माझ समस्याको सुल्झन खोज्नुको साटो विदेशमा रमाइरहेका गान्धीलाई भारतीय जनता पार्टीले (भाजपा) आलोचना गरिरहेको छ।भाजपाका आईटी प्रमुख अमित मालवियाले गान्धीको नाइटकल्बको भीडियो ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले सोही ट्वीटमार्फत व्यंगात्मक शैलीमा ‘काङ्ग्रेस पार्टी सकिसक्दा पनि गान्धीको पार्टी चलिरहेको’ कुरा जोडेका छन्।

भाजपा र काङ्ग्रेसबीचको  मन-मुटाव कुनै नयाँ विषय होइन। युरोप भ्रमणमा रहेका प्रधानमन्री नरेन्द्र मोदी हाल डेनमार्कमा छन्। यही विषयमा मोदीको विरोध गर्दै काङ्ग्रेसले पनि केही समय अघि मात्र ट्वीट गरेको थियो। उक्त ट्विटमा लेखिएको थियो, 'देशभित्र संकट छ, तर साहेबलाई (मोदी) विदेशमा रमाउँदै ठिक्क।'

उनका विरुद्ध आइरहेका आलोचनात्मक टिप्पणीको प्रतिरोध गर्दै काङ्ग्रेसका प्रवक्ता रणदीप सुर्जेवाला उनी नेपालमा मोदीजस्तो ‘ननिम्त्याइएको पाहुना’ नभएको बताए। पत्रकार सम्मेलनमार्फत सुर्जेवालाले भने, 'विवाहको निम्तो मान्न गान्धी मित्रराष्ट्र गएका हुन्। यस्तै हो भने मोदी र भाजपाको सरकारले बिहेमा जानु पनि गैरकानूनी घोषणा गर्न बेर छैन।' म्यानमारका लागि पूर्व-नेपाली राजदूत भीम उदासकी छोरीको बिहेमा सहभागी हुन गान्धी सोमबार साँझ नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार