2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दोर्दीमा सत्तागठबन्धनको प्रतिवद्धता : २० युनितसम्मको विद्युत र शिक्षा नि:शुल्क

वैशाख २१, लमजुङ | लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ  गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो ।

शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

गाउँपालिकामा जलविद्युत आयोजनाबाट आएको रोयल्टीबाट २० युनिटसम्मको विद्युत महशुल नि:शुल्क गराइने प्रतिवद्धता जनाइएकाे छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्रोत तथा सिंचाई पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण, व्यवसायीकरण र प्रविधिको उपयोग गरी विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रतर्फ ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै नि:शुल्क स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने लगायतका अन्य प्रतिवद्धताहरु उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट हुने समस्या न्युनिककरण गरी वातावरणसम्बन्धी एक गाउँ एक पोखरी निर्माण गरिने र गाउँगाउँमा वाइफाइको व्यवस्था गरिने प्रतिवद्धतामा उल्लेख गरीएको छ ।

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका लालबहादुर गुरुङ र उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले चुनावी मैदानमा होमिएका छन् । एमालेबाट अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो