१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दोर्दीमा सत्तागठबन्धनको प्रतिवद्धता : २० युनितसम्मको विद्युत र शिक्षा नि:शुल्क

२१ बैशाख २०७९, बुधबार ०३:४१

वैशाख २१, लमजुङ | लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ  गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो ।

शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

गाउँपालिकामा जलविद्युत आयोजनाबाट आएको रोयल्टीबाट २० युनिटसम्मको विद्युत महशुल नि:शुल्क गराइने प्रतिवद्धता जनाइएकाे छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्रोत तथा सिंचाई पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण, व्यवसायीकरण र प्रविधिको उपयोग गरी विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रतर्फ ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै नि:शुल्क स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने लगायतका अन्य प्रतिवद्धताहरु उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट हुने समस्या न्युनिककरण गरी वातावरणसम्बन्धी एक गाउँ एक पोखरी निर्माण गरिने र गाउँगाउँमा वाइफाइको व्यवस्था गरिने प्रतिवद्धतामा उल्लेख गरीएको छ ।

लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका लालबहादुर गुरुङ र उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले चुनावी मैदानमा होमिएका छन् । एमालेबाट अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार