२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मतदातालाई बाढ्न लागेकाे आशंकामा प्रहरीले नियन्त्रणमा लियो पाइप

२०७९, २१ बैशाख बुधबार ११:३३

वैशाख २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरणका लागि लगिएको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट दिक्तेलबजारमा खरिद गरिएको खानेपानीको पाइप वडा कार्यालय लैजाने क्रममा प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको हो । 

एमालेले मतदाता प्रभावित पार्ने उदेश्यले खानेपानीको पाइप बाँड्न लागेको भन्ने सूचनाको आधारमा प्रहरीले १६ क्वाइल पाइप नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको पाइप हाल प्रहरी चौकी खानीडाँडामा राखेकाे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । याे पाइप अब ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि फिर्ता दिने प्रहरीले जनाएको छ ।

वडा सचिव पवन श्रेष्ठले वडा कार्यालय लैजादै गरेको अवस्थामा प्रहरीले पाईप नियन्त्रणमा लिइएको बताए । वडा कार्यालयले हरेक वर्ष डेढ लाखको पाईप खरिद गरेर दलित, जनजाति, महिला लगायतलाई वितरण गर्दैआएको उनकाे भनाइ छ । साेही अनुसार वडा कार्यालयले गत चैतमै पाइप बाँड्ने निर्णय गरेको थियो । तर, हार्डवेयर पसलका सञ्चालकहरूले ढिला गरी पाईप ल्याएकाले तोकिएको समयमा पाईप बाँड्न नसकिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए । चाम्लिङ पुन: एमालेबाट वडाध्यक्ष बन्ने चुनावी दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी