१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वायुसेवा निगम सुधारको बाटोमा, ८ महिनामा ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी

२२ बैशाख २०७९, बिहीबार ०२:२९

वैशाख २२, काठमाडौँ | राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था सुदृढ हुँदै गएको दाबी गरेका हुन् । उनका अनुसार पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्नेछ।

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रूपमा निगमलाई ठुलो राहत भएको छ ।

निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको पनि जनाईएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी ५ अर्ब ७० करोड रहेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन