१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईबा विश्व महिला बक्सिङ्ग च्यािम्पयनशिपमा सहभागि टोलीको बिदाइ

२४ बैशाख २०७९, शनिबार ०२:३१

वैशाख २४, काठमाडौं | यहि २०२२ को मे ८ देखि १९ तारिखसम्म टर्किको इस्तानबुलमा ८३ देशका १९२ खेलाडीको सहभागितामा हुन गईरहेको आईबा विश्व महिला बक्सिङ्ग च्यािम्पयनशिपमा सहभागि हुनका लागि चार महिला सहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक सहित जम्मा सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिशिङज्युले बिदाईगरेका छन् । ।

उक्त बक्सिङ टोलिमा नेपाली महिला बक्सिङ्ग  ४८ किलो तौल समुहमा नेपालकी उदियमान खेलाडी सुस्मा तामाङ्गले व्रिश्वका उत्कृष्ठ बक्सरहरुका बीच आप्mनो चुनौति प्रस्तुत गर्नेछिन् । 

तामाङ्गले यस अघि पनि आईव युथ वल्र्डच्यािम्पयनशिपमा आफ्नो उत्कृष्ठ प्रदर्शन गर्दै विश्व वरीयतामा आफुलाइ ६ नं. वरीयताक्रममा उभ्याउन सफल रहेकी छन् । 

त्यसै गरी ५२ किलो तौल समुहमा १३ औ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल एवम् एशियन ग्राण्डस्लाम बक्सिङ्ख च्याम्पियनशिपमा समेत रजत पदक जित्न सफल रहेकि मिनु गुरुङ्खले प्रतिष्पर्धा गर्नेछिन भने महिला ५७ किलो तौल समुहमा गत वर्ष रुषमा सम्पन्न आर्मीको विश्वस्तरको खेलमा एउटा फाईट जित्न सफल रहेकि चन्द्रकला थापाले प्रतिष्पार्धा गर्नेछिन । 

त्यसै गरी ६० किलो तौल समुहमा भने अल ईन्डिया ओपन च्यािम्पयनशिपमा काश्य पदक जित्न सफल एवम् भर्खरै थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिंग प्रतियोगितामा समेत काश्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिष्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट प्रमुख प्रशिक्षक प्रकाश थापामगर तथा आईबा थ्रि स्टार कोच एवम एशियन पदकधारी दीपक महर्जन रहेका छन भने टिम व्यवस्थापकमा नेपाल बक्सिग सघका केन्द्रिय सदस्य एवम् योगा थेरापिष्ट पुष्कर राज पन्त रहेका छन् ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् । 

साथै यहि सन २०२२ को सेप्टेम्बरमा चीनमा हुने १९ औ एशियन गेम्सका लागि महत्वपुर्ण तैयारीको रुपमा पनि यो विश्व बक्सिंग च्यािम्पयनशिप महत्वपुर्ण खेल हुने व्रिश्वास नेपाल बक्सिग संघले लिएको छ ।

उक्त प्रतियोगिताको दौरानमा हुन गईरहेको आइवाको चुनावमा सहभागि हुनका लागि नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता ईस्तानबुल प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक