2026-09-22 06:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई जेम्बावे ए को सामान्य लक्ष्य

वैशाख २४, काठमाडौं | दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो  ।

नेपालको धारिलो बलिङ सामू जिम्बाब्वेका  जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए  । अन्य खेलाडीले खासै उल्लेखनीय योगदान पुर्‍याउन सकेनन् । नेपालका सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ । नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बावे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

नेपाली टिम:

सन्दीप लामिछाने (कप्तान)  मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो