2026-09-22 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

वैशाख २४, काठमाडौं | दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको  सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै, अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ६ चौकासहित ३४ रन बनाउदा विनोद भण्डारीले तीन बलमा एक चौकासहित चार रन बनाए । 

जिम्बाब्वे ब्रान्डन मभुटाले एक विकेट हात पारे । 

यसअघि तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले कसिलो बलिङ गरेपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वे ‘ए’ ले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पहिलो इनिङमा जिम्बाब्वे ‘ए’ ३१.५ ओभरमा ८७ रनमै समेटिएको थियो । 

जिम्बाब्वेका तीन ब्याटरले मात्र दोहोरो  रन जोडेका थिए । जिम्बाब्वेका ओपनर सेफास झुवाओले १० रन बनाउदा जोनाथन क्याम्पबेलले टोलीको खातामा सर्वाधिक २७ रन थपे । यस्तै, अन्तिमसम्म अविजित रहेका ब्राड एभिन्सले २० रन बनाएका थिए ।

जिम्बावेलाई सस्तैमा समेट्न नेपालका करण र सोमपालले समान तीन विकेट लिएका थिए । समान सात ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै १६ रन खर्चिदा सातै ओभर बलिङ गरेका सोमपालले १६ रन नै खर्चिए । 

यसबाहेक, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सागर ढकालले एक विकेट हात पारे । यसअघि शुक्रबार भएको शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो । 

शृंखलाको अन्तिम खेल सोमबार हुनेछ । नेपालले पहिलो पटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध क्रिकेट शृंखला खेलेको हो । 

एकदिवसीय शृंखलाअघि नेपालले तीन खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । उक्त शृंखला १–१ को बराबरीम टुंगिएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो