१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार दोहोरो अंकले वृद्धि

२५ बैशाख २०७९, आईतवार १०:३१

वैशाख २५, काठमाडाैं | साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अंकले बढेको हो ।

गत बिहीबार नेप्से  २७ अंक र बुधबार ३२ अंकले ओरालाे लागेकाे थियो। आइतबार २२ सय ३८ अंकबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अंकले बढेर २२ सय ५६ दशलमव ५८ अङ्कमा पुगेर बन्द भएको छ । 

आइतबार सुधार आएको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले बढेर ४ सय ३६ अंकमा पुगेको छ।  नेप्सेमा आइतबार ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा आइतबार २५ करोडले कमि हो ।

नेप्सेमा बिहीबार २३३ कम्पनीको सेयर खरिदबिक्री  हुँदा १४१ कम्पनीका सेयरधनीले नाफामा कारोबार भएको छन् भने ७३ कम्पनीका सेयर घाटामा कारोबार भएको छ ।

त्यस्तै १४ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । आइतबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १५२ रुपैयाँ बढेर १६ सय ७२ रुपैयाँ पुगेको छ । सेयर बजार सूचीकृत भएसँगै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य निरन्तर सर्किट लाग्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए