2026-09-11 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग

 वैशाख २५, खोटाङ | खोटाङको रावाबेँसी गाउँपालिकामा चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको देखिएको हो । विशेषगरी कांग्रेस र एमालेको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको सामाजिक सञ्जालमै छरपस्ट भएको छ । 

स्वयं वडाध्यक्षका उम्मेदवारहरूले पोस्ट गरेको तस्बिरमा बालबालिकाले पार्टीका चुनाव चिन्ह अंकित झण्डा समाएर उभिएको देखिन्छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका एमालेका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले शनिबार र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका कांग्रेसका वडाध्यक्षका उम्मेदवार गेहेन्द्र राईले आइतबार पोस्ट गरेको तस्बिरले निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भएको पुस्टी गरेको छ । 

निर्वाचन प्रचार–प्रसार एवं घरदैलोका क्रममा बालबालिकाको प्रयोग भएको भन्दै आलोचना भएपछि वडाध्यक्षका उम्मेदवार श्रेष्ठले बालबालिकाको तस्बिर कटाएको तस्बिर राखेका छन् । अर्का वडाध्यक्षका उम्मेदवार राईले भने बालबालिकाले झण्डा समाएर उभिएको तस्बिर हटाएका छन् । 

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरबाट जिल्ला अन्य ठाउँमा चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको अनुमान गरिएको छ । यस बारेमा प्रश्न गर्दा दलका नेता तथा उम्मेदवारले बालबालिका आफै आएर भिडमा मिसिने गरेको जवाफ दिने गरेका छन् । 

निर्वाचन आचार संहितामा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका दललाई ८ वैशाखमा पत्र पठाउँदै चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको थियो । तर दलबाट चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । 

निर्वाचनका बेला बालबालिकाको प्रयोग भइरहेको विषयमा अनुगमन भइरहेको राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस