१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग

२५ बैशाख २०७९, आईतवार १४:२३

 वैशाख २५, खोटाङ | खोटाङको रावाबेँसी गाउँपालिकामा चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको देखिएको हो । विशेषगरी कांग्रेस र एमालेको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको सामाजिक सञ्जालमै छरपस्ट भएको छ । 

स्वयं वडाध्यक्षका उम्मेदवारहरूले पोस्ट गरेको तस्बिरमा बालबालिकाले पार्टीका चुनाव चिन्ह अंकित झण्डा समाएर उभिएको देखिन्छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका एमालेका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले शनिबार र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका कांग्रेसका वडाध्यक्षका उम्मेदवार गेहेन्द्र राईले आइतबार पोस्ट गरेको तस्बिरले निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भएको पुस्टी गरेको छ । 

निर्वाचन प्रचार–प्रसार एवं घरदैलोका क्रममा बालबालिकाको प्रयोग भएको भन्दै आलोचना भएपछि वडाध्यक्षका उम्मेदवार श्रेष्ठले बालबालिकाको तस्बिर कटाएको तस्बिर राखेका छन् । अर्का वडाध्यक्षका उम्मेदवार राईले भने बालबालिकाले झण्डा समाएर उभिएको तस्बिर हटाएका छन् । 

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरबाट जिल्ला अन्य ठाउँमा चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको अनुमान गरिएको छ । यस बारेमा प्रश्न गर्दा दलका नेता तथा उम्मेदवारले बालबालिका आफै आएर भिडमा मिसिने गरेको जवाफ दिने गरेका छन् । 

निर्वाचन आचार संहितामा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका दललाई ८ वैशाखमा पत्र पठाउँदै चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको थियो । तर दलबाट चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । 

निर्वाचनका बेला बालबालिकाको प्रयोग भइरहेको विषयमा अनुगमन भइरहेको राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार