२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्थानीय तहको निर्वाचनका लागि मकै बारी र मेलापातमा पुगेर मतदाता रिझाउँदै उम्मेदवार

२६ बैशाख २०७९, सोमबार १३:३२

वैशाख २६, खोटाङ | आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङका उम्मेदवारहरू मतदातालाई मेलापातमै भेटेर भोट मागिरहेका छन् । भोट माग्नका लागि घरदैलोमा निस्किएका उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताले घरमा नभेटिएका मतदातालाई मेलापातमै पुगेर भेट गर्दै मत दिनका लागि रिझाइरहेका छन् । 

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् । 

उम्मेदवार तथा नेता कार्यकर्ताको टोली मतदातालाई बारी खनजोत गरिरहेको, मकै र आलुको बिरुवा गोडमेल गरिरहेको, गहुँ काटिरहेको, मल ओसारिरहेको, गोठालो गरिरहेको, घर निर्माण गरिरहेको, धानको ब्याड राख्दै गरेको अवस्थामा भेटेर भोट दिन आव्हान गरिरहेका छन् । निर्वाचनको मिति नजिकिएकै गतिमा दलको चुनावी घरदैलो घनिभूत बन्दै गएको देखिन्छ । 

१० स्थानीय तह रहेको जिल्लामा सबै किसिमको हावापानी छ । अधिकांश मतदाता खेतीपातीमा निर्भर छन् । भूगोल अनुसार मतदाता खेतीकिसानीको काममा व्यस्त रहन्छन् । यो सिजनमा बेँसीका किसानलाई मकै छर्ने, गोड्ने, गहुँ भित्र्याउने लगायतका काम गर्न भ्याइनभ्याइ छ । लेकका मतदाता आलु गोड्ने र मकै गोड्ने काममा व्यस्त छन् । 

अधिकांश मतदातालाई बिहान र बेलुका मात्र घरमा भेटिन्छ । घरमा भेटिने मतदातालाई घरैमा र घरमा नभेटिएका मतदातालाई मेलापातमै भेटेर भोट माग्ने गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार राजेन्द्र राई बताउँछन् । 

कतिपय उम्मेदवारले घरमा नभेटिएका मतदातालाई नजिकै छन् भने घर आउनका लागि बोलाउने गरेका छन् भने कतिपय भने काम गरिरहेकै ठाउँमा पुगेर भोट माग्ने गरेका छन् । मेलापातमा पनि नभेटिएका मतदाताको घरमा भने खबरसहित क्यालेण्डर, चुनाव चिन्ह, नमुना मतपत्र छोडिदिने गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा जसपाबाट वडासदस्यका उम्मेदवार टंक थापाले बताए । कतिपय मतदातालाई बिहे, पास्नी र देवालीमा भेटिने गरेको उम्मेदवारहरूको भनाई छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसबाट वडाध्यक्षमा उठेका राजदेश राईले धेरैजसो मतदातालाई मकै छरिरहेको, मल ओसारिरहेको, गोलमेल गर्दै गरेको अवस्थामा भेटिएको बताउँछन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा एमालेबाट वडाध्यक्षमा लडिरहेका वीरेन्द्र मगरका अनुसार मतदातालाई बारीमा मकै छर्दै गरेको र गोठालोमा भेटिने गरेको छ । 

चुनावी घरदैलोका क्रममा कतिपय मतदातालाई मकै गोडमेल गरिरहेको, धानको ब्याड राखिरहेको र गोठालो गरिरहेको अवस्थामा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जमानसेर राई (युगसन किरात)ले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली