२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्थानीय तहको निर्वाचनका लागि मकै बारी र मेलापातमा पुगेर मतदाता रिझाउँदै उम्मेदवार

२०७९, २६ बैशाख सोमबार १३:३२

वैशाख २६, खोटाङ | आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङका उम्मेदवारहरू मतदातालाई मेलापातमै भेटेर भोट मागिरहेका छन् । भोट माग्नका लागि घरदैलोमा निस्किएका उम्मेदवार, पार्टीका नेता तथा कार्यकर्ताले घरमा नभेटिएका मतदातालाई मेलापातमै पुगेर भेट गर्दै मत दिनका लागि रिझाइरहेका छन् । 

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् । 

उम्मेदवार तथा नेता कार्यकर्ताको टोली मतदातालाई बारी खनजोत गरिरहेको, मकै र आलुको बिरुवा गोडमेल गरिरहेको, गहुँ काटिरहेको, मल ओसारिरहेको, गोठालो गरिरहेको, घर निर्माण गरिरहेको, धानको ब्याड राख्दै गरेको अवस्थामा भेटेर भोट दिन आव्हान गरिरहेका छन् । निर्वाचनको मिति नजिकिएकै गतिमा दलको चुनावी घरदैलो घनिभूत बन्दै गएको देखिन्छ । 

१० स्थानीय तह रहेको जिल्लामा सबै किसिमको हावापानी छ । अधिकांश मतदाता खेतीपातीमा निर्भर छन् । भूगोल अनुसार मतदाता खेतीकिसानीको काममा व्यस्त रहन्छन् । यो सिजनमा बेँसीका किसानलाई मकै छर्ने, गोड्ने, गहुँ भित्र्याउने लगायतका काम गर्न भ्याइनभ्याइ छ । लेकका मतदाता आलु गोड्ने र मकै गोड्ने काममा व्यस्त छन् । 

अधिकांश मतदातालाई बिहान र बेलुका मात्र घरमा भेटिन्छ । घरमा भेटिने मतदातालाई घरैमा र घरमा नभेटिएका मतदातालाई मेलापातमै भेटेर भोट माग्ने गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार राजेन्द्र राई बताउँछन् । 

कतिपय उम्मेदवारले घरमा नभेटिएका मतदातालाई नजिकै छन् भने घर आउनका लागि बोलाउने गरेका छन् भने कतिपय भने काम गरिरहेकै ठाउँमा पुगेर भोट माग्ने गरेका छन् । मेलापातमा पनि नभेटिएका मतदाताको घरमा भने खबरसहित क्यालेण्डर, चुनाव चिन्ह, नमुना मतपत्र छोडिदिने गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा जसपाबाट वडासदस्यका उम्मेदवार टंक थापाले बताए । कतिपय मतदातालाई बिहे, पास्नी र देवालीमा भेटिने गरेको उम्मेदवारहरूको भनाई छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसबाट वडाध्यक्षमा उठेका राजदेश राईले धेरैजसो मतदातालाई मकै छरिरहेको, मल ओसारिरहेको, गोलमेल गर्दै गरेको अवस्थामा भेटिएको बताउँछन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा एमालेबाट वडाध्यक्षमा लडिरहेका वीरेन्द्र मगरका अनुसार मतदातालाई बारीमा मकै छर्दै गरेको र गोठालोमा भेटिने गरेको छ । 

चुनावी घरदैलोका क्रममा कतिपय मतदातालाई मकै गोडमेल गरिरहेको, धानको ब्याड राखिरहेको र गोठालो गरिरहेको अवस्थामा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जमानसेर राई (युगसन किरात)ले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल