१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा उछाल : एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार

२८ बैशाख २०७९, बुधबार १०:४६

वैशाख २८, काठमाडौं | नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।  अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २ दशमलव ४२ प्रतिशत बढेको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार १ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो सातासम्म घटेको सेयर बजार यो साताको सुरुवात आइतबारबाट निरन्तर उकालो लाग्दै आएको छ । साताको पहिलो दिन आइतबार २२ सय ३८ अंकबाट बढ्न सुरु भएको सेयर बजार बुधबारसम्म १३० अंकले बढेर २३ सय ६९ अङ्कमा पुगेको छ।

बुधबार नेप्सेको  सेन्सेटिभ इन्डेक्स ९ दशमलव ५२ अंकले बढेर ४ सय ५६ अङ्कमा पुगेको छ । नेप्सेमा २२९ कम्पनी सेयर खरिदबिक्री हुँदा ९ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने २०९ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् ।

सेयर बजारमा उछाल आउँदा बरुण हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, राधी हाइड्रो सिनर्जी हाइड्रो ,युनियन , र युनिभर्सल पावर कम्पनीले १० प्रतिशतको सकारात्मक सर्किट हानेका छन् । नेप्सेमा जम्मा ९ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

नेप्सेको सब इन्डेक्स तर्फ नन् लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २४३ अंकले वृद्धि भएको छ भने लाईफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक , हाइड्रो पावर कम्पनी, माइक्रो फाइनान्स सेक्टरमा १०० अङ्क बढीको वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड