२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

२९ बैशाख २०७९, बिहीबार ०७:५७

वैशाख २९, उदयपुर | उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन् । जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुई गरी चार वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै परिचालन गरिएकाे छ । 

जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चार वटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने व्यवस्था मिलाएको बताए । उदयपुरगढी गाउँपालिका–५ को पञ्चावती माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका–९ को रातमाटे आधारभुत विद्यालयमा रहेको दुई मतदान केन्द्रमा महिला मात्र खटिएका छन् । 

जिल्ला निर्वाचन अधिकारी कोईरालाका अनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन् । जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ