१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

१ जेष्ठ २०७९, आईतवार ११:४१

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् । 

‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ,’ नेपाल आउनु अघिल्लो दिन उनले एक वत्तव्य जारी गर्दै भनेका छन्, ‘मेरो यात्राको उदेश्य समयसँगै मजबुत भएको यस सम्बन्धको उत्सव मनाउनु र यसलाई अझ प्रगाढ बनाउनु रहेको छ ।’ 

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै | Online Nepal

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । 

‘म बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा पुजा-अर्चना गर्नको लागि उत्सुक छु । लाखौं भारतीयले जस्तै भगवान बुद्धको पवित्र जन्मस्थलमा श्रद्धा अर्पण गर्ने अवसर पाउँदा सम्मानित महसूस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् । 

वत्तव्यमा उनले गत महिना प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणको पनि स्मरण गरेका छन् । प्रधानमन्त्री देउवासँग भेट्न आफू उत्सुक रहेको उनले जनाएका छन् । 

जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने कार्यलाई निरन्तरता दिने उनले बताएका छन् । 

‘पवित्र मायादेवी मन्दिरको यात्राको अलवा म लुम्बिनी क्षेत्रमा निर्माण हुने ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ को शिलान्यास समारोहमा पनि सहभागी हुनेछु,’ मोदीले भनेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी सोमबार विहान ११ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी सोमबार बेलुकी ५ बजे स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार