2026-09-08 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी भ्रमणमा आउनु अघिल्लो दिन भारतीय प्रधानमन्त्री मोदीले के भने ?

जेठ १, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोली सोमबार लुम्बिीन आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर सोमबार नै स्वदेश फर्कने छन् । 

‘नेपालसँग हाम्रो सम्बन्ध अद्धितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरुबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ,’ नेपाल आउनु अघिल्लो दिन उनले एक वत्तव्य जारी गर्दै भनेका छन्, ‘मेरो यात्राको उदेश्य समयसँगै मजबुत भएको यस सम्बन्धको उत्सव मनाउनु र यसलाई अझ प्रगाढ बनाउनु रहेको छ ।’ 

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै | Online Nepal

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । 

‘म बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा पुजा-अर्चना गर्नको लागि उत्सुक छु । लाखौं भारतीयले जस्तै भगवान बुद्धको पवित्र जन्मस्थलमा श्रद्धा अर्पण गर्ने अवसर पाउँदा सम्मानित महसूस गरेको छु,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् । 

वत्तव्यमा उनले गत महिना प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणको पनि स्मरण गरेका छन् । प्रधानमन्त्री देउवासँग भेट्न आफू उत्सुक रहेको उनले जनाएका छन् । 

जलविद्युत, विकास र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने कार्यलाई निरन्तरता दिने उनले बताएका छन् । 

‘पवित्र मायादेवी मन्दिरको यात्राको अलवा म लुम्बिनी क्षेत्रमा निर्माण हुने ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’ को शिलान्यास समारोहमा पनि सहभागी हुनेछु,’ मोदीले भनेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी सोमबार विहान ११ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी सोमबार बेलुकी ५ बजे स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने