१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, पुन: मतगणनाको माग गर्दै कांग्रेस

२ जेष्ठ २०७९, सोमबार ०६:१०

जेठ २, गोरखा | गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले  जितेपछि कांग्रेसले पुन:मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन् ।

भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो । 

सर्वदलीय बैठक बस्दै

निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न तयारी गर्दागर्दै कांग्रेसले पुन: मतगणनाको माग गरेकाे छ । अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

‘१ मतान्तरले जितेपछि मतपरिणाम सार्वजनिक गर्नुअघि सर्वदलीय बैठक बसिरहेको छ । केही निर्णय आउला अनि मात्रै के गर्ने भन्न सकिन्छ’, रेग्मीले भने । 

मतान्तर आएकाले पुनमतगणनाको सम्भावना नरहेको उनले संकेत गरे । ‘बराबर आएको भए पुन: गणना या के गर्ने भन्ने हुन्थ्यो । मतान्तर आईसक्यो । जति मतान्तर आएपनि, मतान्तर नै हो । त्यही पनि दलहरुले केही निर्णय गर्नुहोला । उहाँहरुले सहमति जुटाउनु हुन्छ भन्ने नै छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार