१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै

२ जेष्ठ २०७९, सोमबार ११:३४

जेठ २, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी गरेका छन् । 

मोदीले यस्तो बेला भारतमा भव्य राम मन्दिर निर्माण हुँदा नेपाली पनि खुसी भएको दाबी गरेका छन् जति बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भगवान राम भारतमा नभई नेपालमा जन्मेको दाबी गरिरहेका छन् ।


‘जनकपुरमा भैले भनेको थिएँ– नेपाल बिना हाम्रो राम पनि अधुरो छन्,’ सोमबार लुम्बिनीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘मलाई थाहा त आज जब भारतमा भगवान श्रीरामको भव्य मन्दिर बनिरहँदा नेपाली जनता पनि उत्तिकै खुसी छन् ।’ 

चाहे पशुपतिनाथ होस् या मुत्तिनाथ, जनकपुरधाम होस् या लुम्बिनी, नेपालको आध्यात्मीक आर्शिवादको शक्तिले आफूलाई तानिरहने उनले बताए । 

उनले सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको बताए । उनले अगाडि भने, ‘वैशाख पूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थको रुपमा बुद्धको जन्म भएको थियो । यसैदिन बोधगयामा ज्ञान प्राप्त गरेर उनी भगवान बुद्ध बने र यसैदिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे ।’ 

भौगोलिक सीमाभन्दा माथि उठेर बुद्ध सबैको भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार