2026-09-11 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको त्रियुगा र कटारीमा मत गणना अनिश्चित, छानबिन समित गठनको माग

जेठ २, उदयपुर | उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा भने मत गणना अनिश्चित बनेको हो ।

मतदानका दिन प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएका किशोरको छानबिन गर्न सरकारले उच्च स्तरीय समिति नबनाएसम्म मत गणना नगर्ने राजनीतिक दलहरूको अडानका कारण कटारी नगरपालिकामा मत गणना हुन नसकेको हो । 

मतदानका दिन उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक बिद्यालयमा मतपेटिका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट १९ वर्षीय नवीन भन्ने वीरबहादुर कटुवालको घटनास्थलमा नै ज्यान गएको थियो । गोलीबाट लागेर घरैमा बसिराखेको १४ वर्षीय बालक मोहनबहादुर श्रेष्ठ पनि घाइते भएका थिए । मोबाइल गस्तीमा रहेकाे प्रहरी टाेलीले एक्कासी गोली चलाएको स्थानीयकाे आरोप छ ।

मतदान गर्न लाइनमा बसेका मतदाताहरूबीच आपसमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएकाे कटारी नगरपालिका–१० सोरुङ छबिसेका झनकबहादुर राईले बताए ।

सर्वदलीय वैठकमा दलहरूले कटारी नगरपालिका–१० सोरुङ्गको घटनाका विषयमा भएको निर्णय बमोजिम छानबिन आयोग गठनपश्चात मात्रै मतगणना सुरु गर्ने निर्णय गरेपछि मत गणना प्रभावितत भएकाे हाे  ।

यसैगरी त्रियुगा नगरपालिकाको निर्वाचन गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा स्थगित भएको मतदान प्रक्रिया अन्यौलमा परेको छ । निर्बाचनको काम नसकिदै उनले स्वास्थ्यको कारण देखाएर खनालले राजीनामा दिएका हुन् । उदयपुरको ९८ मतदान स्थलमध्ये सदरमुकामस्थित त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा भएको विवादपछि मुख्य निर्बाचन अधिकृतले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस