2026-09-08 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

जेठ ४, गोरखा | भनिन्छ, ‘बगेको खोला फर्किँदैन । तर,  गोरखामा हालसालै नवनिर्वाचित दुई जनप्रतिनिधिले भने पाँच वर्षपछि ‘खोर्ला फर्काएका’छन् । मतलब, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच बर्ष पछि ‘पासा पल्टाएर’ झोलीमा हाल्न सफल भएका छन् ।

यी दुई हुन्, गोरखाको धार्चे गाउँपालिकाका र गोरखा नगरपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष र नगरप्रमुख अध्यक्ष । अहिले धार्चे गाउँपालिकाको अध्यक्षमा निर्वाचित लक्ष्मण गुरुङ उनै हुन्, जो २०७४ को चुनावमा अध्यक्ष पदमै निकटतम प्रतिस्पर्धी भएर हार व्यहोरे ।

अनि, यो पटक गुरुङका निकटतम प्रतिस्पर्धी भएर हार व्यहोर्ने उनै हुन्, जसले अघिल्लो चुनावमा गुरुङलाई हराए । स्थानीस्य निर्वाचन २०७४ मा कांग्रेसका सन्तबहादुरु गुरुङले लक्ष्मणलाई मात्रै ६८ मतले हराएका थिए । त्यस निर्वाचनमा लक्ष्मण नयाँ शक्ति पार्टीबाट उम्मेद्वार बनेका थिए ।

भर्खरै सम्पन्न निर्वाचनमा भने लक्ष्मणले नेकपा माअ‍ोवादीबाट उम्मेद्वार बने । अनि, अघिल्लो निर्वाचनमा आफूलाई मात्रै ६८ मतले हराउने कांग्रेसका सन्तलाई १ हजार ८०६ मतान्तरले हराए ।

लक्ष्मणले  ३ हजार ७७१ मत प्राप्त गरेर विजयी बने भने उनका प्रतिस्पर्धी सन्तले १ हजार ९४५ मत ल्याएर पराजित भए । धार्चेका लक्ष्मणले मात्र हैन, पाँच वर्षअघि आफूलाई हराउनेलाई अहिले हराउने मध्य गोरखा नगरपालिकाका नवनिर्वाचित मेयर कृष्ण रानामगर पनि हुन् ।

संयोग भनौँ, या नियतिको खेल, पाँच वर्ष अघि हारेका माओवादीका कृष्ण रानामगर अहिले जिते, पाँच वर्ष अघि जितेका कांग्रेसका राजनराज पन्त अहिले हारे । अघिल्लो चुनावमा पन्तले ६ हजार ५६० मत ल्याएर जितेका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएर हारेका थिए । पाँच वर्ष बित्यो रानामगरले पासा पल्टाए । अनि, जित आफ्नो पोल्टामा पारे ।

अन्तत : नेपाली कांग्रेसका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान मेयर पन्तलाई हराउँदै गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रानामगर निर्वाचित बनेका छन् । यस गरपालिकामा १४ वटा वडा रहेको छ । तर, रानामगरले १ देखि १३ वटा वडाको नतिजा सार्वजनिक हुँदा नै जितलाई सुनिश्चित गरेका छन् । 

१३ वटा वडाको नतिजा सार्वजनिक हुँदैमा ८ हजार २९५ मतका साथ अग्रता कायम राख्दै जित सुनिश्चित गरेका हुन् । तर, अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन । उपविजेता बनेका पन्तले ६ हजार ४५६ मतका साथ पछ्याउँदै छन् । राना र पन्तको मतान्तर १ हजार ८३९ रहेको छ । वडा न १४ मा १ हजार ४०१ मत गन्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै