२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धरानमा मतगणना स्थगित, सुरक्षाका लागि सेना परिचालन

४ जेष्ठ २०७९, बुधबार १२:५५

जेठ ४, धरान | सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ । 

वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि स्थगित भएको हो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध सुरु भएको छ । 

अहिले माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरिरहेका छन् । जसका कारण सबै वडाको मतपत्र स्थगित भएको छ ।

माओवादी कार्यकर्ताले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने उनीहरू माग  छ । साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरूले बताएका छन् ।

उक्त वडामा नेपाली कांग्रेसले ४ मतले वडा अध्यक्ष जितेको छ । तर, १८ मत मध्ये धेरै माओवादी केन्द्रले आफ्नो मत रहेको र आफ्नो पार्टीको जित हुने दाबी गरेको छ ।

केही बेरअघि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो । नेपाली कांग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन । अहिले मतदान स्थलमा नेपाली सेनासमेत खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ