2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडाको ११ वटा वडाको अन्तिम नतिजा सार्वजनिक, कुन ठाँउमा कसको जित ?

जेठ ५, हेटौंडा  | हेटौंडा उपमहानगरपालिकाको ११ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटाको अन्तिम नतिजा सार्वजनिक हुँदा ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ ।

हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । १ नम्बरमा सविन न्यौपाने, २ नम्बरमा विष्णुगोपाल महर्जन, ३ नम्बरमा ढलक बहादुर थापा, ६ नम्बरमा विष्णु बहादुर दहाल, १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् ।

त्यसैगरी वडा नम्बर ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् । ५ नम्बर वडामा सुशील घिमिरे, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो