पढ्न करिब 1 मिनेट लाग्छ
<p><b> जेठ ६, हेटौंडा | </b>हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पाइएको छ ।<br></p><p>हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस ६ वटा वडामा एमाले विजयी भएको छ । हेटौंडाको मतगणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारले शून्य मत पाएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले एक-एक मत मात्रै पाएका छन् ।</p><p>स्वतन्त्रबाट २ मा वडाध्यक्षका उम्मेदवार रमेश बहादुर थिङ, ६ मा शिवप्रसाद गौतम, १५ मा कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ मा युवराज खड्काले एक मत पनि ल्याउन सकेनन् । स्वतन्त्रबाट हेटौंडा–१५ बीरबहादुर थिङ, हेटौंडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौंडा १९ का रत्न बहादुर भ्लोनले एक-एक मत मात्र ल्याएका छन् ।</p>

