२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश सांसद अधिकारीकी श्रीमती वडाध्यक्षमै पराजित

२०७९, ६ जेष्ठ शुक्रबार १२:४६

जेठ ६, लमजुङ | लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।

यो पटक पनि प्रमुख र उपप्रमुख एमालेले जितेको छ । सदरमुकाम बेँशिसहरसँगै एमालेले मर्स्याङ्दी गाउँपालिका, क्वहोलासोथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने दोर्दी गाउँपालिकाको प्रमुख जितेको छ । यस्तै एमालेले सुन्दरबजार र मध्यनेपाल नगरपालिकाको उपप्रमुख जितेको छ ।

तर यस अघि निर्वाचित भएका जिल्लामा एमालेका केन्द्रीय स्तरका नेताका वडाहरूमा भने अन्य पार्टीले जित निकालेका छन् । एमालेका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको दुधपोखरी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारीकै वडामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।

दोर्दी १ भारतेमा मायानाथ अधिकारीकै श्रीमती इन्दिरा लम्साल अधिकारी वडाध्यक्षमा नेपाली कांग्रेससँग पराजित भएकी छन् । उनी एमाले जिल्ला कमिटी सदस्य समेत हुन् । देशका विभिन्न स्थानमा रहेका केन्द्रीय स्तरका नेताहरूकै वडामा फरक पार्टीले जित निकालिरहेको अवस्थामा लमजुङ जिल्लामा पनि फरक परिणाम आएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै