२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी

७ जेष्ठ २०७९, शनिबार ०७:२०

 जेठ ७, हेटौंडा | स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा विजय हासिल गरेको छ । एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् । एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल (२११२), ५ मा सुशील घिमिरे (२५३०), १० मा फुर्वादोर्जे तामाङ (९७२), ११ मा जुना दाहाल (१५१४), १३ मा पेम्बा लामा (१३१५), १४ मा दीपक खड्का (१७८२), १५ मा सुनिल मोक्तान (२४९१), १८ मा अनिल कुमार बानियाँ (१८९८) र १९ मा नरनाथ सुवेदी ‘नवराज’ (१४२३) विजयी भएका हुन् । यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने (१४६७), २ मा विष्णुगोपाल महर्जन (१२५८), ३ मा ढलकबहादुर थापा (१५८४), ६ मा बिष्णुबहादुर दाहाल (११८१), ७ मा दामोदर गौतम (१४९०), ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला (२४३८) र १७ उद्धव सत्याल (१३१४) विजयी भएका हुन् । नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी (२३४५) र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१) विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ