२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढ्यो खाने तेल

२०७९, ८ जेष्ठ आईतवार १२:१४

जेठ ८, काठमाडौँ | पछिल्लो एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ। बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ। 

अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन्। 

स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर तीन सय ६० रूपैयाँ पुगेको छ। 

त्यस्तै, त्यो समय भटमासको तेल प्रतिलिटर तीन सय चार रुपैयाँमा बिक्री भएकाे तेल १६ रूपैयाँ बढेर तीन सय २० रूपैयाँमा बिक्री भएको नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांकले देखाउँछ। 

पछिल्लो एक सातामै उद्योगबाट प्रतिलिटर ५० रूपैयाँ मूल्य बढेर आएको संघका महासचिव अमुलकाजी तुलाधारले बताए। 

‘हामीले मूल्य बढाएका होइनौं, उद्योगबाटै बढेर आएको छ,’ उनले भने। उद्योगबाट मूल्य बढेर आएपछि आफूहरू पनि मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ।

पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएसँगै वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले बताए। 

‘हामीले अनुगमन गरिरहेका छौं। अस्वाभाविक मूल्य वृद्धि गरिएको पाइए कारबाही गर्छौं,’ उनले भने। 

 रूस-युक्रेन द्वन्द्वका कारण तेलको मूल्य केही बढेको उनको भनाइ छ। 

‘हाम्रो अनुगमनले अहिलेसम्म स्रोतमै मूल्य बढेको देखाएको छैन,’ उनले भने, ‘तेलका केहीले ब्राण्डले एमआरपी मूल्यभन्दा बढी लिएको गुनासो आएको छ। प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ।’ 

खुद्रा व्यापार संघको तथ्यांकअनुसार भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने यथावत नै छ। बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय दस रूपैयाँ र काचो तोरीको तेल प्रतिलिटर ३ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी