२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङका ७५ वडामा एक जनामात्र दलित वडाध्यक्ष

८ जेष्ठ २०७९, आईतवार १२:५४

जेठ ८, लमजुङ | लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन् ।

शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाध्यक्ष जिते । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए । राप्रपाका शिवराज पोख्रेलले १० मत प्राप्त गरे । 

वडाध्यक्षमा उठेका ७ जना दलित समुदायका उम्मेदवार भने वडाध्यक्ष पराजित भएका छन् । वडाको खुला सदस्यमा ५ जना निर्वाचित भएका छन् ।

दोर्दी गाउँपालिका ८ मा एमालेबाट पञ्चबहादुर बिक, वडा नम्बर ९ मा एमालेबाटै सुकदेव कामी, मध्यनेपाल नगरपालिका १० मा कांग्रेसबाट बुधमाया बिक, राइनास नगरपालिका ७ मा माओवादी केन्द्रबाट वीरबहादुर सार्की र सुन्दरबजार नगरपालिका ८ मा कांग्रेसबाट शेरसिंह कार्की वडा सदस्यमा निर्वाचित भएका छन् ।

राइनास नगरपालिका ५ बाट वडाध्यक्षमा निर्वाचित ५७ वर्षीय शंखबहादुर सार्की १५ वर्षसम्म खाडी मुलुकमा बसेर ९ वर्षअघि नेपाल फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ