2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

जेठ ८, हेटौंडा | मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।

२०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेको थियो । सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष मुक्तानले बताए । ३ करोड १८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको दुई तले भवनमा २६ वटा कोठा रहेको छ ।

२०७७ साल जेठ १५ गते आगलागीका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटार मै रहेको भवानी माध्यमिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो