2026-09-12 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाली सिलिण्डर बोकेर उपभोक्ता मुख्यमन्त्री कार्यालय पुगेपछि…..

जेठ १०, विराटनगर | इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मुल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मुल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।

उपभोक्तावादी संस्थाले प्रदेश १ को मुख्यमन्त्री कार्यालयको अगाडि खाली सिलिण्डर ग्यास प्रदर्शन गरेर विराेध गरेका हुन् । महँगी र भष्टाचार नियन्त्रण गर्नु पर्ने, पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, प्रदेश सरकारनागरिकको पक्षमा नबोलेर सुतेको लगायतका नारा लेखिएको प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालय अगाडि बसेर उपभोक्ताहरूले खाली सिलिण्डर प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मूल्यवृद्धि गरेपछि उपभोक्ता महँगीको मारमा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गरेपनि प्रदेश सरकारले हेरेर मात्रै बसेकोले मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिलण्डर राखेर विराेध गर्नु परेको बताए । ‘पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनु पर्छ, उनले भने, जनतालाई महँगीमा पारेर भ्रष्टाचार मौलाएको छ, यसलाई नागरिकले सहेर बस्दैनन् ।’

आजदेखि शुरु भएको मूल्यवृद्धि विरुद्धको आन्दोलन निरन्तर चल्ने उपभोक्तावादी संस्थाले बताएका छन् । प्रदर्शनमा नागरिक समाज, विवेकशील साझा पार्टी लगायतको समर्थन छ । नागरिकले थेग्नै नसक्नेगरि मूल्यवृद्धि हुँदा पनि ठूला भनिएका दलका नेता, कुनै संगठनहरू चुईक्क समेत नबोलेकोमा उपभोक्ताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस