३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

११ जेष्ठ २०७९, बुधबार ०८:०६

जेठ ११, उदयपुर | उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ  निर्वाचित भएका छन ।  सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गरेका छन् । निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गरेका हुन् ।


नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाएका थिए भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गरेका थिए । 

नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित भएकी छिन् । उनले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदयबहादुर तामाङले ३ हजार ७२३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार नगर उपप्रमुख कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरेका छन् । 

१४ वडा रहेको कटारी नगरपालिकामा ७ वटा वडा नेकपा एमाले निर्वाचित भएको छ भने ३ वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ । एकीकृत समाजवादी १, माओवादी केन्द्र १ र स्वतन्त्रमा २ वडा अध्यक्ष निर्वाचित भएको छ ।

कटारी नगरपालिका-१ मा एमालेका पदमलाल मगर, २ मा काग्रेसका प्रेमबहादुर क्षेत्री, ३ मा कांग्रेसका पुष्कर खड्का, ४ मा स्वतन्त्र भुपेन्द्रसिंह तामाङ, ५ मा एमालेका मोहनकुमार तामाङ, ६ मा एमालेका प्रेमबहादुर मगर, ७ मा काग्रेसका सुविन ढुंगाना, ८ मा स्वतन्त्र नविनकुमार तामाङ, ९ मा एकीकृत समाजवादीका बेदबहादुर आले मगर, १० मा एमालेका क्षेत्रबहादुर खड्का, ११ मा एमालेका अनन्त हायु, १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, १३ मा एमालेका शम्भु श्रेष्ठ र १४ नम्बर वडामा नेकपा एमालेका अम्बरबहादुर मगर निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली