४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा चुनावः ४२ जनाको उम्मेदवारी, क-कसले दिए?

११ जेष्ठ २०७९, बुधबार १२:०४

जेठ ११, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बुधबार दिउँसोसम्म दुई अध्यक्षसहित ४३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

६ असारमा हुने चुनावमा अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले आ आफ्नो समूह सहित उम्मेदवारी दर्ता गराइसकेका छन् । 

यस्तै, वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउदा नेम्वाङ प्यानलबाट विरबहादुर खड्काले आज उम्मेदवारी दर्ता गराए ।


उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ । यता, उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी सदस्य पदका लागि शेर्पा र नेम्वाङ दुवै प्यानलसँगै स्वतन्त्र गरी ३१ जनाको खुल्लातर्फ र चार जनाको महिला सदस्यमा उम्मेदवारी परेको छ ।

१३ जनाको खुला सदस्यका लागि हालसम्म भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजरा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बू, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ, शम्भु बहादुर सिंह ठकुरी, कुमार कटुवाल, प्रविण कमार यादव, कृष्ण मुरारी गुरुङ, रमेश व्यन्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोतम थापा, प्रविण कुमार सुवाल, निरोज खड्गीको उम्मेदवारी परेको छ ।

यस्तै, दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, विन्द्रा देवान, विमला पौडेल र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक, फ्रेन्ड्स क्लबका राजीव पौडेलले पत्रकार सम्मेलनमार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पनि हालसम्म दर्ता गराएका छैनन् ।

आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुल्ला सदस्य र दुई महिला सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदै छ ।

एन्फा केन्द्रीय निर्वाचनका लागि १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ ‘सी’ डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी