2026-07-11 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

जेठ १२, मुगु | शैक्षिक सत्र सुरु भइसक्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन । यहाँका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् । 

महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताइन् । मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले बताए । 

पाठ्यपुस्तक किन्न बजेट निकासा

जिल्लाभरका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्ने गरी २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ । पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारले भने हालसम्म पुस्तक पुर्याउन सकेका छैन ।

पाठ्यपुस्तक ढुवानीको लागि नगरपालिकाले लिखित पत्र पठाउनुको साथै मौखिक रूपमा समेत पटक पटक ताकेता गरेको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिष्णुकुमार भामले बताए । 

मुगुमा समयमै पाठ्यपुस्तक नपुग्दा हरेक वर्ष पठनपाठनमा सास्ती हुने गरेको छ । विद्यार्थीको हातमा विषय अनुसारका पुस्तक नहँुदा साथीहरूसँग समन्वय गरेर अध्ययन अध्यापन गर्नु परेको महाकाली नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकायाले बताए । 

जनक शिक्षाले छायाँनाथ रारा नगरपालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयका पाठ्यपुस्तक ढुवानीको जिम्मा जयलक्ष्मी पुस्तक भण्डारलाई दिएको छ । सोही अनुसार कर्णाली प्रदेश कार्यालयमा पुस्तक खरिदका लागि रुपैयाँ जम्मा गरिसकेको छ । पुस्तकहरू सुर्खेत भए पनि मुगुका विद्यार्थीका हातमा पुग्न सकेको छैन । 

जयलक्ष्मी पुस्तक भण्डारका प्रोपाइटर जयलक्ष्मी भामका अनुसार स्थानीय तह निर्वाचनलाई मतपत्र छाप्न थालेकाले पाठ्यपुस्तक छाप्न ढिला भएको हो । साथै मुगुमा सहज यातायताको सुविधा समेत नभएको उनले बताए । उनले भने, ‘अबको एक सातामा सबै पाठ्यपुस्तक आइपुग्छ ।’जिल्लाका खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट