2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वतन्त्रबाट लमजुङमा चार वडाध्यक्ष निर्वाचित

जेठ १३, लमजुङ | लमजुङको आठ स्थानयि तहमध्ये चारमा नेपाली कांग्रेसले जितेको छ भने चारमा एमालेले जितेको छ । लमजुङका ७५ वडामध्ये चार वडाध्यक्षमा स्वतन्त्रका निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राइनास नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवार देउबहादुर पौडेल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनले कांग्रेसका सुनील बख्रेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका पौडेलले बागी उम्मेदवारी दिएका थिए । उनी ४ सय ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका बख्रेलले २ सय ७७ मत ल्याए । 

बेंसीसहर नगरपालिका ६ मा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उठेका प्रकाश थापाले वडाध्यक्ष जितेका छन् । उनले ५ सय २२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भइरहँदा एमालेका नरबहादुर रिमालले ४ सय ९७ मत पाएका थिए । कांग्रेसका उद्धव बस्नेतले ३ सय ४३ मत ल्याएका छन् । दूधपोखरी गाउँपालिका ३ मा माओवादी समर्थित स्वतन्त्र उम्मेदवार श्याम गुरुङले वडाध्यक्ष जितेका छन् ।

गठबन्धनले उक्त वडा माओवादीको भागमा पारेको र माओवादीले औतराम तामाङले टिकट दिएपछि मीनले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवारी मनोनयन दर्ताका दिन हेलिकोप्टर चार्टड गरेर आएका उनले २ सय २८ मत प्राप्त गरेर वडाध्यक्ष जिते । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका औतराम तामाङले २ सय २४ मत ल्याए । एमालेका मानबहादुर घलेले ८१ मत ल्याएका छन् ।

दोर्दी गाउँपालिका ३ मा गठबन्धनले माओवादी केन्द्रका कुलप्रसाद श्रेष्ठलाई टिकट दिएपछि कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङले बागी उम्मेदवारी दिएका थिए । उनले ३ सय ७१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका श्रेष्ठले ३ सय ४० मत ल्याए । एमालेका लोकराज घिमिरेले १ सय २२ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित