2026-09-22 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंगलोरविरुद्ध राजस्थान, को पुग्ला फाइनल ?

जेठ १३, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० प्रतियोगिताको फाइनल प्रवेशका लागि शुक्रबार (आज) रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

अहमेदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

आजको खेलको विजेताले आइतबार उपाधिको लागि गुजरात टाइटन्ससँग खेल्नेछ । पहिलो प्लेअफमा राजस्थानलाई सात विकेटले हराउँदै गुजरात आईपीएलमा प्रवेश गरेको पहिलो वर्ष नै फाइनलमा स्थान बनाएको थियो । 

यता, बैंगलोरले इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सविरुद्ध जित निकाल्दै फाइनल प्रवेशका लागि राजस्थानसँगको भेट पक्का गरेको हो ।

आईपीएलमा यी दुई टोलीबीच हालसम्म २४ खेल भएका छन् । जसमध्ये बैंगलोरले १३ खेलमा जित निकाल्दा राजस्थानले ११ खेलमा जित हात पारेको छ ।

आईपीएल इतिहासमा राजस्थानले एक पटक उपाधि जितेको छ भने बैंगलोर हालसम्म उपाधिविहीन छ । बैंगलोर पछिल्लो पटक सन् २०१६ मा फाइनल पुगेको थियो । यस्तै, सन् २००८ को विजेता राजस्थान त्यसयता फाइनल पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो