भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अ"/>
2026-10-26 04:02 AM
काठमाडौँ - KTM

जनप्रगतिशील मोर्चा जापान टोकियोको क्षेत्रीय अध्यक्षमा अधिकारी

भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन भएका छन् |

सनिबार जापानको राजधानी टोकियोको शिन ओकुबो टोकियोस्थित रोधी क्लबको हलमा भएको एकता अधिबेशन कार्यक्रममा बिद्यार्थी आन्दोलनका युवा नेता सम्पूर्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो | निर्वाचित अध्यक्ष सम्पूर्ण अधिकारीसँग यसअघि काठमाडौँको ग्रामिण आदर्श बहुमुखी क्याम्पसको बिद्यार्थी अध्यक्ष तथा अनेरास्वबियु क्रान्तिकारी अन्तर्गत सक्रिय बिद्यार्थी नेता भएर काम गरेको लामो अनुभव संगालेका छन् | 

सनिबार टोकियोमा संम्पन्न उक्त कार्यक्रमपछी अध्यक्ष अधिकारीले जापानमा आएर आफुले पुन: राजनीतिलाई निरन्तरता दिने उद्घोष गरे | उनले भने ‘आखिर जहाँ पुगेपनि राजनीतिक प्राणीको मन-मस्तिष्क राजनीतिमै हुँदो रहेछ | त्यसैले अब यतैबाट नेकापा माओवादी केन्द्रको लागि सक्रिय राजनीति गर्छु |’ जनप्रगतिशील मोर्चा टोकियोका निबर्तमान अध्यक्ष अरुण कुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र जापान इन्चार्ज भूपाल मान श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो | सनिबार सम्पन्न एकता अधिवेशनले ४ जना सदस्य पछी थप्न सक्ने गरि २७ सदस्यीय कार्यसमिति निर्माण गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने