2026-10-26 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोटो समयका लागि हङकङ जानेलाई भिसाको नियम खुकुलो

जेठ १८, काठमाडौँ | एजेन्सी | कुनै निश्चित काम विशेषले अल्पकालीन समयको लागि हङकङ आउने पर्यटकले भिसामा छूट पाउने भएका छन्।

बुधबार सरकारले सार्वजनिक गरेको दुई वर्षे पाइलट परियोजनाअन्तर्गत काम विशेषले छोटो समयका लागि आउने मानिसले रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन पाउनेछन्।

आप्रवासन विभागका अनुसार यसरी हङकङ आउने मानिस बढीमा १४ दिन हङकङमा बस्न सक्छन्। यसअघि यो सीमा केवल ७ दिनको मात्र थियो। 

यद्यपि आप्रवासन विभागका अनुसार अहिले अल्पकालीनरुपमा हङकङ आउने मानिसलाई केही छूट दिइए पनि उनीहरुले हङकङ आउँदा क्वारेन्टिन र परीक्षणको बाँकी प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ। अहिलेको नियमअनुसार बाहिरबाट आउने मानिसले सात दिनसम्म निर्धारित होटलमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। 

अहिले हङकङको आप्रवासन विभागका अनुसार अहिले अघि सारिएको नयाँ योजनाअनुसार सरकारी विभागबाट अनुमति पाएका आयोजक संस्थाले बाहिरबाट आउने निश्चित क्षेत्रका दक्ष मानिसहरुलाई निमन्त्रणा पठाउन सक्छ।

त्यसरी निमन्त्रणा पाएका मानिसहरु अल्पकालीन गतिविधिका लागि रोजगारी भिसा वा प्रवेश अनुमति विना नै हङकङ आउन सक्छन्। यद्यपि यसरी हङकङ आएकाहरुले तलब भने पाउन सक्दैनन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने