Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अनौठो परम्परा : जहाँ छोरीको बिहेमा बुवाले टाउकोमा थुकेर अन्माउँछन् छोरी !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २०, काठमाडौं | संसारमा अनेक खालका रितिरिवाज अपनाइन्छ । फरक फरक धर्म, जाति तथा सम्प्रदायका मानिसहरु आ आफ्ना परम्परा निर्वाह गरिरहेका हुन्छन् । कतिपय परम्परागत संस्कारहरु निकै अनौठा तथा अपत्यारिला पनि हुन्छन् ।

अफ्रिकी मुलुकहरु केन्या र तान्जानियामा बस्ने मसाई नामक आदिवासी समुदायमा निकै अनौठो परम्परा छ । उक्त समुदायमा छोरीको बिहे गरेर अन्माउने बेलामा बुवाले बेहुली छोरीको टाउकोमा थुक्ने अनौठो परम्परा त्यहाँ छ ।

बिहे परम्परा निकै धुमधामसँग मनाइन्छ । हामीकहाँ छोरीको विदाई परिवार तथा आफन्तजन रुने गर्दछन् । तर उक्त आदिवासी समुदायमा बुवाले छोरीको टाउकोमा थुकेर छोरी अन्माउँछन् ।

बिहेपछि छोरी अन्माउने बेलामा बुवाले छोरीलाई घरभित्रबाट ढोकासम्म पूर्‍याउँछन् र त्यसबेलासम्म छोरीको टाउकोमा थुक्दछन् । यसरी छोरीको टाउकोमा थुक्नुलाई उनीहरुलाई छोरीप्रति पिताको आशिर्वादको रुपमा लिन्छन् । बुवाले छोरीको टाउकोमा नथुकेमा छोरीलाई बुवाले आशिर्वाद नदिएको ठानिन्छ । एजेन्सीको सहयोगमा