2026-09-21 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

जेठ २१, काठमाडौं | सेयर  लगानीकर्ताहरूको भेलाले पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । 

सरकारलेसाढे तीन वर्षअघि नै गरिसक्छु भनेका काम नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । अनशनअघि लगानीकर्ताले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा जेठ २१ गते भएको सेयर एक सय जनाभन्दा बढी लगानीकर्ताको भेलाले पुँजी बजार सुधार र बिस्तारका लागि  दबाबमूलक कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । लगानीकर्ताले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते  प्रधानमन्त्रीलाई भेट्ने,  २६ गते राजनीतिक पार्टीसँग छलफल गर्ने, २७ गते माइतीघर मण्डलादेखि  बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका विज्ञहरूसहित बृहत् छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । 

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेशढकाल, गोपाल स्वामी, एसपी चौलागाईं, नानीबाबु खरेल, पुरुषोत्तम कक्डेल, एलपी साह, सञ्जय थापा, देवबहादुरकार्की, लक्ष्मण बन्जारा, सुमनभण्डारी, विनोद कार्की, पीताम्बर फुलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेती, शुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ. शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रह्लाद वस्ति सदस्य छन् । भेलाले पविज्ञा ज्ञवालीलाई आर्थिक संकलन संयोजकको जिम्मेवारी दिँदै २७ रुपैयाँ कार्यक्रमका लागि संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो