जेठ २४, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९७ हजार रुपैंया कायम भएको छ । यस्तै,चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैंयाले घटेर १ हजार २७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैंया रहेको थियो ।