जेठ २५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसमअनुकूल नभएपछि बुधबार दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन्।
विमानस्थलका अनुसार इन्डिगो एयरलाइन् र विस्तारा एयरलाइन्सको विमान भारतको लखनऊ डाभर्ट गरिएको छ।
विमानस्थलका अनुसार जापानबाट आउँदै गरेको नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स आकाशमै होल्ड गरिरहेका छन्। एक घन्टाको होल्ड पछि दुबै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।
विमानस्थलमा दिउँसो खराब मौसमका कारण १६ सय मिटर मात्र भिजिबिलिटी भएपछस उडान प्रभावित भएका हुन्।
आन्तरिक उडानमा रहेका वायुसेवाका पनि केही उडान प्रभावित भएका छन्।